कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
काठमाण्डाै - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले पराजित भएको हो ।
यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।
नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।
भक्ति राई
June 10, 2023, 5:40 p.m.समाचारकाे शिर्षकले खेलाडिलाई निरुत्साहित गरेकाेछ। शिर्षकले एकै खेलमा १५ गाेल भन्ने बुझाउछ।