एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । हिजाे शनिवार र अस्ति शुक्रवार दुई दिन काठमाण्डाैमा आयाेजित सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आइतवार आज बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदी प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदीले १ सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले १ सय १९ मत प्राप्त गर्नुभयाे। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गर्नुभयो।
यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट विजयी हुनुभएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । महासचिवमा रामकुमार एलन विजयी हुनुभयाे ।
उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी हुनुभएको छ । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना, अनिल शाही तथा पूर्णबहादुर कार्की विजयी हुनुभएको छ ।
यसैगरी सचिव (महिला) मा कान्ति न्यौपाने, सचिव (दलित) मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी हुनुभएको निर्वाचन कमितिले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट/प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिनुभयो ।
शुक्रवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।