सरकारले खर्च कटाैती गर्ने भनेर बजेटमा नै ढाँट्याे : पूर्वअर्थमन्त्री पाैडेल

 जेठ २८, २०८० आइतबार १४:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालु खर्च कटौती गर्ने प्रतिबद्धता विपरीत आउँदाे आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकमा आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा उपाध्यक्ष पौडेलले आउँदाे आर्थिक वर्षको बजेटमा चालु खर्च गएकाे वर्षको तुलनामा ९७ अर्ब रुपैयाँले बढी हुनु सरकार आफैँले गरेको घोषणा विपरीत रहेको बताउनुभयो । उहाँले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको उल्लेख गर्नुभयाे । 

त्यसैगरी पुँजीगत खर्च बढाउने भनेर सरकारले आउँदाे आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोड रुपैयाँले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औँल्याउनुभयो । उहाँले बजेटमा चालु खर्च घटाउने कुरालाई इन्कार गरिएको र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असङ्गत रहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ । आउँदाे आर्थिक वर्षको चालु खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालु आर्थिक वर्षको तुलनामा आउँदाे आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्बले बढी छ । यसरी चालु खर्च घटाउने दाबीलाई बजेटले नै खण्डन गरेको छ सभामुख महोदय । भन्दा चालु खर्च घटाउने भन्ने र गर्दा चालु खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालु आर्थिक वर्षका लागि पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आउँदाे आर्थिक वर्षका लागि तीन अर्ब दुई अर्ब सात करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा आउँदाे आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पुँजीगत विनियोजन ७८ अर्ब ३१ करोड रुपैयाँले कम छ । यसको अर्थ के हो भने चालु खर्च घटाउँछु भनेको बढाउने र पुँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ ।’

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकिरसमेत गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया