बजेटमाथिकाे छलफल सकियाे, भाेलि अर्थमन्त्रीले जवाफ दिने

 जेठ २८, २०८० आइतबार १९:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ । आज आइतवारकाे बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखेका हुन् ।

छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि साेमवार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभएको छ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

आजकाे बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको बताउनुभयाे । बजेटमाथिको छलफलमा पौडेलले नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त–प्राथमिकता अर्कोतिर र बजेट झनै अर्कोतिर फर्किएर आएको बताउनुभएको हो । उहाँले बजेट 'गेम चेन्ज' नभएर नेम चेन्ज' मा सीमित भएको टिप्पणी पनि गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । बजेटमाथिको छलफलमा महामन्त्री थापाले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेरमात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै कार्यान्वयन सुनिश्चित हुने तर्क गर्नुभयो । सरकारले ल्याएको बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको उहाँले गुनासोसमेत गर्नुभयो ।

बजेटमाथिको छलफलमा सहभागी सांसदहरूले राजस्व सङ्कलन घटिरहेको अवस्थामा बजेटमा लिइएको लक्ष्यमा पुग्न सकिने अवस्था नरहेको भन्दै संशाेधन गर्नुपर्ने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया