जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – काठमाडौको तार्केश्वर नगरपालिकामा रहेको लोलाङमा ट्रकको ठक्करबाट दुईजनाको ज्यान गएको छ ।
ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा गोरखा शहिदलखन गाउँपालिका–७, घर भएकी ६२ वर्षीया तिलकुमारी तिवारी र उहाँका ४ वर्षका नाति अजित तिवारीको ज्यान गएको हो । ट्रकको ठक्करबाट तिलाकुमारीको घटनास्थलमै र बालकको भने उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी गोरखाकी ७० वर्षकी साबित्री पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । शुक्रबार बिहान १० बजे ना ६ ख ७८ २६ नम्बरको ट्रकले पैदल हिँडिरहेका तीनै जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।