१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा बैठकको बहुमतबाट विधेयक स्वीकृत भएको हो ।
बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयक २०८० माथिको मन्त्रालय र सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि छलफलका लागि र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यका लागि जेठ ३२ देखि असार १२ गतेसम्मको समय तोक्नुभयो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा आउँदो आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा देखिएको आर्थिक समस्या, राजश्वको अवस्था, वैदेशिक ऋण र सहायताको अवस्था, आन्तरिक ऋणको अवस्था, मौद्रिक नीतिले ल्याएका प्रभाव, कोभिड र युक्रेन युद्धले ल्याएका बाह्य र आन्तरिक प्रभावको समेत मूल्याङ्कन गरी बजेट ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री महतले उपलब्ध साधन, स्रोतको प्राथमिकता र प्रतिफलको आधारमा बजेट विनियोजन र उद्देश्य निर्धारण गर्दै परिणाममुखी बनाउँदै लैजाने कुरालाई बजेटमा स्वीकार गरिएको बताउनुभयो । उहाँले आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न सक्ने विश्वास व्यक्त गर्दै सबैको सहयोगले राजश्व वृद्धिको लक्ष्य पनि पूरा हुने बताउनुभयो ।
उहाँले आउँदो आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको प्रणाली बनाएको बताउनुभयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ ३२ गते बिहीवार बिहान ११ बजे बस्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।