साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ ।
काँग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ३ महिना बित्दा पनि निर्मला पन्तको हत्याजस्तो जघन्य अपराध गर्नेलाई कार्बाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।
नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कार्बाही गर्न पनि सरकारको पुनः ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर निर्मला पन्तका हत्यारालाई संरक्षण दिन खोजिरहेको आरोप पनि लगाउनु भयो ।
कांग्रेस नेता लेखकले सरकार मुलुकमा शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दावी पनि गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।