काठमाण्डाै महानगरले रिङराेडभित्र पर्ने टिकट काउन्टरका बाेर्ड हटाउने

 जेठ ३२, २०८० बिहीबार २०:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले भाेलि शुक्रवारदेखि महानगरपालिकाभित्रका रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने भएको छ ।

आज बिहीवार महानगरपालिकाले असार १ गते शुक्रवारदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरका बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयाे । उहाँले उपयुक्त ठाउँहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाका लागि कार्यदल गठन गर्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले यात्रु बीचमा चढाउने तथा ओराल्ने विषयमा त्यही कार्यदलले ठाउँ तोक्ने निर्णय भएको बताउनुभयो ।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा श्रेष्ठ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्र.लि सदस्य रहेका छन् । 

काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहकाे उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया