मालिका गाउँपालिकाकाे आफ्नै पाठ्यपुस्तक

 असार १, २०८० शुक्रबार २०:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले 'हाम्रो मालिका' नामको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । जिल्लामा पहिलो पटक कक्षा १ देखि ८ सम्मका लागि गाउँपालिकाले ‘हाम्रो मालिका’ नामक पुस्तक निर्माण गरेको शिक्षा शाखा प्रमुख भुमबहादुर घर्तीले बताउनुभयाे ।

गाउँपालिकाले पालिकाकाे चिनारीसँगै, पालिकाभित्रकाे प्रचलित धर्म, संस्कृति, परम्परा, स्थानीय पेसा, व्यवसाय, प्रविधि, स्वास्थ्य, सरसफाइ, योग, जडीबुटीलगायतका विषय पाठ्यक्रममा समेटेको छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधि, व्यावहारिक लेखन, विपद् र जोखिमलगायतका विविध विषयवस्तु समेटर पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले स्थानीय पाठ्यक्रम निर्माणले गाउँपालिकाको परम्परा, रहनसहन, संस्कार, संस्कृतिजस्ता विभिन्न विषयको बारेमा विद्यार्थीलाई जानकारी पाउन सजिलो हुने बताउनुभयो । पालिकाको आफ्नो मौलिक पहिचानलाई समेटेर तयार गरिएको पाठ्यक्रम भावी पुस्ताका लागि पनि उत्तिकै उपयोगी बन्ने उहाँकाे भनाइ छ ।

मालिकाले पालिकाभित्रका गैरसरकारी तथा सरकारी विद्यालयका लागि अहिले चार हजार थान पुस्तक प्रकाशन गरेको गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिनुभयो । गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरेको हो । पालिकाले पाठ्यपुस्तक निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया