त्रिभुवन विमानस्थलको काम कारबाही व्यवस्थित पार्न गृहमन्त्री थापाको निर्देशन

 कात्तिक ९, २०७५ शुक्रबार १८:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम कारबाही थप व्यवस्थित र प्रभावकारी बनाउन मातहतका निकायलाई कडा निर्देशन दिनु भएको छ ।

शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको स्थलगत अनुगमन गरेपछि उहाँले विदेशीहरु पहिलो पटक नेपाल प्रवेश गर्ने द्धारको रुपमा रहेको अध्यागमन विभागसहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनु भएको हो ।

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले सम्बेदनशील जिम्मेवारी दिएकाले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाको जोड थियो ।

गृहमन्त्री थापाले विमानस्थलका कर्मचारीहरुले राष्ट्रिय सुरक्षा, देशको अर्थतन्त्रको सुधार र तेस्रो मुलुकसँगको सम्बन्ध विकासमा विशेष जोड दिनुपर्नेतर्फ पनि सचेत गराउनुभयो ।

गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द खनालसहित विमानस्थलको अनुगमनमा पुग्नु भएका उहाँले विमानस्थलस्थित भन्सार कार्यालय, प्रहरी कार्यालयको पनि अनुगमन गर्नु भएको थियो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया