बेगनास र रुपा तालबाट बिजुली निकाल्ने सरकारको योजना सार्वजनिक

 कात्तिक ९, २०७५ शुक्रबार १८:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले बेगनास र रुपातालमा पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेगनास र रुपा तालबाट पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले खाना पकाउने ग्यासलाई विस्थापित हुनेगरी प्राधिकरणले विभिन्न तालहरुबाट पनि विद्युत उत्पादन गर्ने योजना अघि सारेको स्पष्ट पार्नु भयो ।

पम्प स्टोरेज विधिबाट दुवै तालमा विद्युत उत्पादन गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत प्रशारण लाइनलाई स्मार्ट बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिइएको पनि जानकारी दिनुभयो ।

प्राधिकरणले पाँच वर्ष भित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतलाई भरपर्दो उर्जा शक्तिको रुपमा विकास गर्न कुनै कठिनाई नरहेको पनि बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया