एनसेलले ल्यायो आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरू

 असार ३, २०८० आइतबार २०:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरू ल्याएकाे छ । ग्राहककाे सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन वटा अनलिमिटेड भ्वाइस प्याक सञ्चालनमा ल्याएको एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।

प्रिपेड र पोस्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू गएकाे जेठ ३२ गते बिहीवारदेखि सञ्चालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिने समयासीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।

एक दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म देशका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवा लिन सक्नेछन् ।*१७११८*१*५# डायल गरी यो प्याक लिन सकिनेछ । त्यसैगरी *१७११८*३*४# डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित ३० रुपैयाँमा सुरु गर्न सकिने एनसेलले जनाएकाे छ ।

एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकले सात दिन समयसीमा रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित एक सय ५० रुपैयाँ पर्दछ । *१७११८*४*३# डायल गरी यो प्याक सुरु गर्न सकिनेछ । 

ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया