चितवनको भरतपुरमा रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन

 मंसिर १९, २०८१ बुधबार १४:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्छ भन्ने र विनाशर्त रिहाइ गर्नुपर्छ भन्नेहरूले चितवनको भरतपुरमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

रिहाइको माग गर्ने लामिछानेका समर्थकहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । जुलुसपछि ढुङ्गा प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लठ्ठी प्रहार गरेको छ । उनीहरूले लामिछाने निर्दोष रहेको र राजनीतिक पूर्वाग्रहका कारण थुनामा रहेको दाबी गर्दै निःशर्त छाडिनुपर्ने माग राखेका छन् ।

यस्तै जिल्ला समन्वय समिति अगाडि र्‍याली निकालेका सहकारी पीडितहरूले भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरूलाई कारबाहीको माग गरेका छन् । सहकारी पीडित र रवि समर्थकहरूको भेट नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ ।

लामिछानेलाई बयानका लागि प्रहरीले हिजो चितवन पुर्‍याएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि चितवन लगेको प्रहरीले जनाएको छ । यसअघि बुटवलको सुप्रिम सहकारी र काठमाण्डाैको स्वर्णलक्ष्मी सहकारीका बचत अपचलन गरेको आरोपमा लामिछानेकाे बयान सकिएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया