हुम्ला : कर्णाली नदीमा जीप खस्दा एक जनाकाे‍ ज्यान गयाे

 असार ४, २०८० सोमबार १३:१३:१७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - हुम्लाकाे सिमकाेटबाट हिल्साका लागि छुटेकाे जीप उत्तरी नाम्खा गाउँपालिका–२ मा रहेकाे च्याछरा भिरबाट खस्दा एक जनाकाे ज्यान गएकाे छ । कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जीप  नदीमा खस्दा चालक जनकपुरका राजेशहेमजंग तामाङको ज्यान गएकाे हाे । 

दुर्घटनामा घाइते भएका तामाङकाे उपचारका क्रममा ज्यान गएकाे  हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताउनु भयाे ।

चीनको ताक्लाकोट जानका लागि सीमा पास बनाउन सिमकोट आएका लिमीका १२ जना यात्रु बाेकेकाे जीप हिल्सा जाँदै गर्दा दुर्घटनामा परेकाे भट्टराईले बताउनु भयाे ।  दुर्घटनाअघि उकालो सडक भएकाले जीपका यात्रु भने ओर्लिएका थिए ।

सामानसहित भिरबाट कर्णाली नदीमा खसेको जीप बेपत्ता भएको भट्टराईले बताउनु भयाे । बेपत्ता भएको जीपको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया