फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित

 असार ४, २०८० सोमबार १६:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फर्जी आवेदन भेटिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

एक करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ । गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभयो ।

यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।

घोराही सिमेन्टको आईपीओमा एक करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेको छ । फर्जीमध्ये नाै जनाले १० लाख कित्ताका दरले दिएको ९० लाख कित्ता छ । घोराही सिमेन्टले फर्जी आवेदन देखाएर कम्पनीको आईपीओमा धेरै मानिसको आकर्षण देखाउन खोजेको आरोप लागेको छ । घोराही सिमेन्टले चार सय ३५ रुपैयाँ प्रतिकित्ताका दरले प्रिमियम आईपीओ जारी गरेको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janak bahadur shahi

    June 19, 2023, 4:57 p.m.

    कसरी यो त्रुटि हुन गयो सरकारि समेन्त्र धितोपत्र बोर्ड बाट पास भैकन पनि कित्ता सेयर निस्कासन गरिएको कुरा गम्भीर भयन भन्या यो स्पष्ट कस्ले गर्छ लगानी कर्ता को पैसाको जिम्मा कस्ले लिन्छ जनताले कस्लै बिवाश गर्ने लाज मर्दो भयन भन्या

  •  0 Reply

तपाईको प्रतिक्रिया