पाँचथरमा फाल्गुनन्द गोल्डकप आजदेखि शुरू : उद्घाटन खेलमा आयोजक...
पुस ६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।
सोमवार काठमाण्डाैमा आयोजित 'समाजवादी मोर्चा नेपाल' घोषणा कार्यक्रममा महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो । उहाँले सरकारमा भएको र सङ्घर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताउनुभयो । देशको राजनीति अत्याशलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो । सरकारमा भएको पार्टी र सङ्घर्ष गरिरहेकाे पार्टी याे माेर्चामा छ । नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ । सात बुँदे घोषणापत्र लिएर तपाईँहरूको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो ।’
महासचिव विप्लवले देशमा नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोसिस भएको बताउनुभयो । उहाँले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोसिस भइरहेको भन्दै सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।