श्रीलंकाका राष्ट्रपतिले आफ्नै विरोधी राजापाक्षेलाई किन बनाए प्रधानमन्त्री ?

 कात्तिक १०, २०७५ शनिबार ६:५५:४२ | एजेन्सी
unn.prixa.net

श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति चुनावमा मैत्रीपाल सिरिसेनासँग पराजित भएका राजपक्षेलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । सिरिसेनाको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै उनले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बर्खास्तीमा परेका विक्रमासिंघेबर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसद्मा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।

महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन् । 

पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो । 

आफ्नै विरोधीलाई प्रधानमन्त्री 

महिन्दा राजापाक्षेलाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षेलाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनालाई सबैलाई आश्चर्यचकित बनाएका छन् । वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री बनाएका छन्  ।

गठबन्धन सरकारमा मन्त्री रहेका यूएनपीका मंगला समरवीराले ट्वीट गर्दै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा राजापाक्षेको नियुक्ति असंवैधानिक तथा गैरकानुनी हो । यो लोकतन्त्रविरोधी कू हो ।’

 

नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले पद तथा गोपनीयताको सपथसमेत लिइसकेका छन् ।

 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया