सरकारसँग चन्द्र भण्डारीकाे माग– ‘क्रिकेट मैदान त बनाइदेऊ’

 असार ६, २०८० बुधबार १५:१९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले वर्षाैँदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्रिकेट मैदान त बनाइदेऊ । कति वर्षसम्म एउटा मैदान बनाउँदैछौँ भन्छौँ ? एकैचोटि बनाइदिउँ न । हामीलाई पहिचान दिएकाे क्रिकेटका लागि बजेट छुट्याइदिउँ न ।’

भण्डारीले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, हिमालसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ शय्याकाे अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भण्डारीले समयअनुसार चल्न नसक्दा नेपाल पछि परेको पनि बताउनुभयाे । उहाँले हाम्रा अर्गानिक खेतीलाई निरन्तरता दिन सकेमात्रै पनि नेपाल अघि बढ्ने उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया