कीर्तिपुरमा सडक छेउमा खुल्लै रहेको ढलमा खसेर साइकलयात्रीको ज्यान गयो

 कात्तिक १०, २०७५ शनिबार ८:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको कीर्तिपुरमा ल्याबोरेटरी स्कुल नजिकैको ढलमा परेर शनिबार बिहान एक जना साइकल यात्रीको ज्यान गएको छ । ज्यान गुमाउने अन्दाजी ३५–४० वर्षका पुरषको परिचय खुलेको छैन । 

सडक छेउमा खुल्ला रहेको ढलको खाल्डोमा ती यात्री साइकलसहित खसेका थिए । स्थानीयबासिन्दाले मानिस ढलमा परेको जानकारी दिएपछि गएको प्रहरीले उनलाई ढलबाट निकालेको थियो । उनी कतिखेर ढलमा खसेका हुन भन्ने खुलेको छैन ।  

पटक–पटक स्थानीय नागरिकले सडकमा खुला रुपमा रहेको ढल व्यवस्थापन गर्न आग्रह गर्दै आए पनि सरोकारवाला निकायले बेवास्ता गर्दै आएका छन् । सडकमै रहेको ढलमा ढक्कन नलगाउँदा पासो थापेझैँ भएको स्थानीयले आरोप लगाएका छन् । 

तस्बिर - सुनिल रञ्जन सिंहकाे फेसबुकबाट

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया