उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

 असार ७, २०८० बिहिबार १६:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यस्तै सर्वोच्चले प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेेहरूविरुद्धको मुद्दा फिर्ता लिनुको कारण देखाउन सरकारलाई आदेशसमेत जारी गरेको छ ।

आफूलाई कुटपिट गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियाे । चलाउनेलाई २०७७ सालको असोज २० गते कांग्रेस भ्रातृ सङ्गठन नेविसङ्घका त्रिवि इकाइ अध्यक्ष हरि आचार्य नेतृत्वको समूहले आक्रमण गरी घाइते बनाएका थिए । आचार्यसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा विचाराधीन मुद्दाको अन्तिम सुनुवाइका लागि अस्ति मङ्गलवार पेसी तोकिएकोमा त्यसअघि नै आइतवार सरकारले नेविसङ्घका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने विद्यार्थीविरुद्धको मुद्दा फिर्ता लिने सरकारको गैरन्यायिक निर्णय निन्दनीय भएको भन्दै पूर्वउपकुलपतिहरूले पनि आलोचना गरेका छन् । चलाउने अहिले अनशनमा बस्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया