पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँ : वामदेव गौतम

 असार ७, २०८० बिहीबार १७:४५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गाैतमले नेपालमा रहेका १० हजारभन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजारभन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ ।’

गाैतमले नेपालको जमिन हल्लिरहेको भन्दै कुनै पनि बेला विपद्जन्य घटनाहरू हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया