‘देशकाे विकासकाे माेडालिटी भाैगाेलिक अवस्थितिकाे अध्ययन गरेरमात्रै बनाउनुपर्छ’

 असार ८, २०८० शुक्रबार १२:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकाे विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनु जरुरी देखिएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभामा प्रश्नाेत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले बर्खायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नका लागि देशकाे विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

प्रधानमन्त्रीले सरकार र पालिकाले देशकाे भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरि विकास मोडालिटी बनाउँदा बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको विकासको मोडालिटीको बारेमा भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीररूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो रोकथाममा सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेरमात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया