तिहारमा विशेष उपहार : हिरा व्यापारीले दिए ६ सय कर्मचारीलाई कार

 कात्तिक १०, २०७५ शनिबार १२:५५:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

हरेक वर्षझैँ यो वर्षको तिहारमा पनि भारतीय हिरा व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएका छन् । 

हरि कृष्ण एक्सपोर्ट्सका चेयरपर्सन ढोलकियाले बिहीबार आफ्नो कम्पनीका ६ सय र्कचारीलाई कार तथा ९ सय कर्मचारीको खातामा फिक्स डिपोजिट गरिदिएका छन् । गुजरातको सुरतमा एक कार्यक्रमका बीच उनले कर्मचारीलाई उपहार बाँडेका हुन् ।

त्यस्तै उनको कम्पनीमा कार्यरत चार जना कर्मचारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट नयाँ दिल्लीमा कार पाएका थिए । प्रधानमन्त्री मोदीले कम्पनीका ५ हजार कर्मचारीलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधनसमेत गरेका थिए ।

ढोलकियाले सन् २०११ देखि नै आफ्ना कर्मचारीलाई तिहारका अवसरमा विशेष उपहार दिँदे आएका छन् ।

ढोलकियाले पछिल्लो महिनामात्रै २५ वर्ष सेवा गरेका तीन जना कर्मचारीलाई मर्सिडिज बेन् कार उपहार दिएका थिए । एक करोड मूल्य बराबरका  कारको चाबी गुजरातकी पूर्व मुख्यमन्त्री तथा मध्य प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलको हातबाट दिइएको थियो । 


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया