चीनमा एप्पलका स्मार्टफोन बिक्रीमा गिरावट, भीभो र हुवावेको बजा...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीमा राखिएको सुनको तौल लिने काम गरिरहेको छ ।
जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । अख्तियारको टोलीले सुनको विषयमा अनुसन्धान गर्ने भएपछि मन्दिर परिसर खाली गराइएको छ । अहिले मन्दिर परिसरमा सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिबाहेकलाई प्रवेश दिइएको छैन ।
अख्तियारसँगै सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवम् विज्ञका साथै खानी तथा भूगर्भ विभागका अधिकारी र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने कार्यक्रम छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा तौल र गुणस्तरको विषयमा अख्तियारमा उजुरी परेको थियो । ११ किलो कम सुन राखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि अनियमितताको शङ्का गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।