टाेखा नगरपालिकाकाे बजेट एक अर्ब ८८ कराेड, सामुदायिक कुकुर र बिरालाे बन्ध्याकरणसम्मका कार्यक्रम

 असार १०, २०८० आइतबार १७:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको टोखा नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने मूल नाराका साथ ल्याएको बजेटमा खेतबारीमा प्राविधिक परिचालनदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरणसम्मका कार्यक्रम समेटिएका छन् ।

कृषि र पशुपालन व्यवसाय सुधारलाई प्राथमिकतामा राखिएको बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन, सहकारीमा रहेको बचतकर्ताको बचतको सुरक्षा, नगर बस सञ्चालनलगायतका कार्यक्रम आउँदो आर्थिक वर्षको बजेटमा समेटिएका छन् । एक वडा एक पार्क, एक वडा एक सार्वजनिक शौचालय, एक वडा एक खुला व्यायामशालालगायतका कार्यक्रमलाई पनि टोखा नगरपालिकाले प्राथमिकता दिएको छ ।

नगरपालिकाका कर्मचारीलाई १० दिन पर्यटन काजमा खटाउने, नगरपालिकामा आउने उजुरी फर्छ्याेट दर शतप्रतिशत पुर्‍याउनेलगायतका कार्यक्रम पनि बजेट वक्तव्यमा समेटिएकाे छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया