क्यारो टीभीकाे सर्वाधिक आईपी टीभी च्यानल सेवा सञ्चालनमा

 बैशाख २७, २०८१ बिहिबार १३:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईपी टीभी सेवा प्रदायक कम्पनी क्यारो टीभी नेपालले सर्वाधिक आईपी टीभी च्यानल सेवाको शुरुवात गरेको छ । आईपी टीभी च्यानलमा २ सय वटाभन्दा धेरै लाइभ एचडी र यसडी च्यानल छन् जसमा खेलकुद, समाचार, मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ । युट्युब सपाेर्ट गर्ने स्मार्ट सेट टप बक्सकाे सुविधासहित याे सेवा शुरुवात भएकाे हाे ।

कम्पनीका अनुसार स्मार्ट सेट टप बक्समा गुणस्तरीय भिडियो फाेर के पज र प्ले जस्ता सुविधा रहेकाे छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य शहरहरूमा आईपी टीभी सेवा सञ्चालन भइसकेकाे कम्पनीले बताएको छ ।   

कम्पनीकाे सेवा काठमाण्डाै उपत्यकामा सबै ठाउँमा, पूर्वमा बिर्तामोडसम्म , पश्चिममा नेपालगञ्ज सम्म, पोखरादेखि वीरगञ्जलगायतका ठाउँमा उपलब्ध रहेको छ ।

भर्खरै शुरुवात भएकाे नयाँ प्याकेज अफरअन्तर्गत ग्राहकले एक वर्षको आईपी टीभी अफरमा १२ महिना बोनस, २४ महिना आईपी टीभीसँगै फ्री स्मार्ट सेट टप बक्स र फ्री फाइभ–जी डुअल ब्यान्ड राउटरका साथै २ सय एमबीपीएकाे इन्टरनेट सेवा पाउने कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया