वर्तमान सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको छ: कांग्रेस सभापति देउवा

 कात्तिक १०, २०७५ शनिबार १४:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाउनुभएको छ । 

शनिबार तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा बीपी स्मृति भवन सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले  अपराधीलाई कारवाही गर्नको सट्टा सरकार स्वयमले अपराधी संरक्षण गरेको बताउनुभएको हो ।

उहाँले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको दाबी गर्नुभयो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कुनै पनि राजनीतिक संरक्षणमा उम्कन नहुने भन्दै उहाँले कांग्रेसले त्यसविरुद्ध निरन्तर खबरदारी गर्ने उद्घोष पनि गर्नुभयो ।

सभापति देउवाले विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिर्वतनमा तरुण दलको विशेष योगदान रहेको स्मरण गर्दै भावी दिनमा पनि देशको जिम्मेवारी काँधमा लिन तयार रहन निर्देशन दिनुभयो ।

मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहीनता बढाएको भन्दै उहाँले देश र जनताको हितका पक्षमा जिम्मेवारी पुर्वक दायित्व वहन निर्देशन दिनुभयो ।

तरुण दलका अध्यक्ष जीतजंङ्ग बस्नेतले तरुण दल सधै विपिको विचार र आदर्शको बाटोमा हिड्ने कोसिसमा रहेको भन्दै पछिल्लो समय मुलुकमा व्याप्त बन्दै गएको भ्रष्टाचार र हत्या हिंसाविरुद्ध लड्न सक्ने तागतको रुपमा स्थापित हुदै गएको बताउनुभयो ।

अध्यक्ष बस्नेतले राष्ट्र र राष्ट्रियता तथा जनताको हित विपरितका जुनसुकै कदमविरुद्ध तरुण दल सडकमा उत्रने उद्घोष गर्नुभयो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया