पाेखरा प्रिमियर लिग: धनगढी ब्लुज काठमाडाैं राेयल्ससँग १७ रनले पराजित

 कात्तिक १०, २०७५ शनिबार १७:२२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सले पहिलो खेलमा जित निकालेको छ ।

शनिबार भएको खेलमा काठमाडौंले  धनगढी ब्लुजलाई १७ रनले  हरायो ।

भारतीय खेलाडी  गौरव तोमरको विस्फोटक ब्याटिङका कारण काठमाडौले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८० रन बनायो ।  तोमरले ९५ रन बनाए । उनले चार चौका र १० छक्का प्रहार गरे ।

राम्रो  सुरुवात गरेको काठमाडौले ३० रनमा पहिलो विकेट  गुमायो । ओपनर अमित श्रेष्ठ १२ रनमा आउट भए । त्यसपछि जयकिशन कोल्सावाला २५  रनमा आउट भएपछि ८१ रनमा  दोस्रो विकेट झर्यो ।

तेस्रो विकेटका  लागि तोमर र नरेश बुढाऐरले ९६  रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । नरेशले अविजीत ३६ रन बनाए । 

जवाफमा राम्रो सुरुवात गर्न नसकेको धनगढी २० ओभरमा ८ विकेट  गुमाउँदा एक सय ६२ रनमा रोकियो । 

दुई जना  विदेशी खेलाडी मैदानमा उतारेको धनगढीले २० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर  सन्दिप सुनार ११ रनमा आउट भए । त्यसपछि विदेशी खेलाडी डान लरेन्स ८ रनमा आउट भएपछि धनगढीले २१  रनमा  दोस्रो विकेट गुमायो ।

धनगढीका मध्यक्रमका खेलाडीबीच राम्रो तालमेल  हुन नसक्दा उसले ६१ रनमा ४ विकेट गुमायो । धनगढीका दिलिप नाथ १० रनमा आउट  भए भने सन्दिप जोराले  २७ रन बनाए ।

जाेराले ११ बलमा एक चौका  र तीन छक्का  प्रहार गरेका थिए ।

यस्तै अर्का विदेशी खेलाडी  पिटर ट्रेगोले १९ रन थपे । धनगढीका लागि कप्तान दिपेन्द्रसिंंह ऐरीले ५४ रन बनाउँदै आउट  भए । यस्तै सौरभ खनालले १७  रनको योगदान गरे ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया