अागामी दुर्इ टी-२० श्रृंखलाकाे टाेलीमा धाेनी अटाएनन् : अाराम दिइएकाे कि निकालिएकाे ?

 कात्तिक १०, २०७५ शनिबार २०:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इण्डिज तथा अष्ट्रेलियाविरुद्धको टी २० श्रृंखला खेल्ने भारतीय टोलीबाट महेन्द्र सिंह धोनी बाहिरिएका छन् ।

भारतीय क्रिकेट कण्ट्रोल बोर्ड बीसीसीआईले शुक्रबार साँझ भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई यी दुई श्रृंखलाबाट आराम दिइएको र उनको सट्टामा अर्को ब्याट्सम्यानको खोजीमा रहेको निर्णय सुनाएको हो ।

यसबाट भारतीय क्रिकेट तथा महेन्द्र सिंह धोनीका विश्वभरका समर्थकहरुमा निराशा छाएको छ ।

महेन्द्र सिंह धोनीलाई यस प्रकारको श्रृंखलामा टिममा नराखिएको यो सम्भवत पहिलो पटक हुनुपर्छ ।

यसपटकका मुख्य सेलेक्टर एमएसके प्रसादले भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया सँगको कुराकानीमा भनेका थिए, ‘धोनीलाई वेष्ट इण्डिज तथा अष्ट्रेलियाविरुद्धको टी २० श्रृंखलामा आराम दिइएको छ र हामी अर्का विकेटकीपरको खोजीमा छौं । यी महान विकेटकीपर ब्याट्सम्यानको करियर अहिलेसम्म समाप्त भइसकेको छैन ।’

तर, विश्वस्त सुत्रहरुका अनुसार धोनीलाई टिमबाट आराम दिइएको नभई निकालिएको हो ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तानको करियरमा उनको उमेर को असर पनि देखा पर्दै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया