१२ वर्षकी केटी १० कक्षाको परीक्षा दिँदै

 कात्तिक १०, २०७५ शनिबार २०:४५:५६ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भारतको पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले १२ वर्षकी एक छात्रालाई आउने वर्षको १० कक्षाको परीक्षामा सामेल हुन इजाजत दिएको छ । 
उनलाई बाहीरी विद्यार्थीका हैसियतमा इजाजत दिइएको हो ।

सैफा खातुन नाम गरेकी ती केटी अहिलेसम्म विद्यालय गएकी छैनन् । उनले घरमा नै आफ्नो सबै पढाई गरेकी थिइन् । अब उनले आउने वर्ष सीधै बोर्डको परीक्षा दिनेछिन् ।

बोर्डका अध्यक्ष कल्याणमय गांगुलीले सैफा खातुन गएको अगस्त महिनामा विद्यालयबाहिरका विद्यार्थीका लागि राखिएको योग्यता परीक्षामा भाग लिएको बताएका छन् । त्यस परीक्षामा उत्तीर्ण भएका कारण उनलाई यो अवसर प्राप्त भएको हो ।

गांगुलीका अनुसार १० कक्षाको बोर्ड परीक्षाको दुइ दशकको इतिहासमा अभूतपूर्व तथ्य हो ।

बंगाल बोर्डको यो परीक्षामा सामेल हुन कम्तीमा १४ वर्ष पुगेको हुनुपर्छ तर सैफा भने १२ वर्षकी मात्र छिन् ।

हावडा जिल्लाकी खातुनले योग्यता परीक्षामा ५२ प्रतिशत अंक ल्याएकी थिइन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया