एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेकाे छ : ओली

 असार १८, २०८० सोमबार १९:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नाे पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गर्नुभएको छ ।

भक्तपुरमा निर्माण गरिएको 'छोरीको घर ज्येष्ठ नागरिक आश्रम' को साेमवार उद्घाटन गर्दै अध्यक्ष ओलीले ‘देश समृद्धि होस्, नागरिक सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘देश समृद्ध होस्, नागरिक समृद्ध होऊन्, यस देशको आधुनिकीकरण गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने मेरो कुरा सुनेपछि केही मान्छेहरू यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यस कारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् ।’

ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्‍याउनेलगायतका थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि उल्लेख गर्नुभयाे । उहाँले आफू सरकारमा नभए पनि देश र नागरिकका लागि केही न केही काम गरिरहेको दाबीसमेत गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘कमसेकम के चाँहि भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता प्रतिमहिना चार हजार रुपैयाँ दिने निर्णय गरेकाे थियाे । हाम्रा बालबालिकाहरू अनाथ भएर बस्न सुहाउँदैन भनेर उनीहरूकाे खाने, बस्ने, पढ्ने प्रबन्ध सुरु गराएँ । बाटाघाटाले नेपाल जोडियोस्, दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटोलाई दुई लेनकाे राजमार्ग बनाइएको हो । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । म नेपालकाे दुर्गम ठाउँहरू घुम्न गएको छु । चाँहे मिली भ्याली होस्, चाहे रुबी भ्याली होस्, चाहे अरू ठाउँहरू हुन् । झापाको मात्रै कुरा होइन, म देशभरिका नागरिकलाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन्, म देशभरि बाटो बनाउँछु । योबापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्राे भनोस्, राम्रो नभनोस् तर राम्रो काम चाँहि गर्नैपर्छ ।’

देश र नागरिककाे सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्ना लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको ओलीकाे भनाइ छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lokendra Dhakal

    July 3, 2023, 9:35 p.m.

    सरखारमा नगै नबाच्ने हो र ए मा ले?

  •  0 Reply

तपाईको प्रतिक्रिया