प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयो : एमाले

 असार २०, २०८० बुधबार १६:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बसिरहने आधार गुमाएको बताएको छ ।

बुधवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले पदमा बस्ने हैसियत गुमाएको बताउनुभएको हो । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसाबले पदम बस्ने आधार गुमाएको बर्ताैलाले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान, देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसदमा भूमिका निर्वाह गर्नेछाैँ । याे प्रधानमन्त्रीको निजी विषय होइन । देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकोले बैठकमा अवराेध हुन सक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसाबले, सबै हिसाबले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको परिस्थिति देख्छौँ ।’

सचेतक बर्ताैलाले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले संसदमा कडा ढङ्गले प्रस्तुत हुने पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया