एसियाली विकास बैंकले दिने ३ सय मिलियन डलर ऋण स्वीकार्ने सरकारको निर्णय

 असार २१, २०८० बिहीबार १७:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंक (एडीबी) बाट परियोजना सहायताको रूपमा तीन सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ ।

अस्ति मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय आज बिहीवार सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले याे जानकारी दिनुभयाे ।

यसैगरी भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमअन्तर्गत एडीबीबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सबस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेकाे प्रवक्ता शर्माले बताउनुभयाे ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया