काेशीकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

 असार २१, २०८० बिहिबार १७:४०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको छ ।

यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकारको दाबी गर्न आज बिहीवार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्नेमा कोशीमा दुवै पक्षको बहुमत नपुग्दा अन्योल थियो । तर आज सत्ता गठबन्धनले सभामुखको समेत हस्ताक्षर बुझाएर उद्धव थापालाई मुख्यमन्त्री बनाउन सफल भएको छ ।

तर नेकपा एमालेले भने सरकार गठनको दाबीमा सभामुखले समेत हस्ताक्षर गरेर संविधानकै उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ । प्रदेश प्रमुखले गैरकानुनी नियुक्ति गरेको भन्दै कानुनी उपचार खोज्ने एमालेको तयारी छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया