एमालेको अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित

 असार २३, २०८० शनिबार १८:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (एमाले) को अवराेधका कारण मधेस प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले रकमान्तरको नाममा अनियमितता गरेको भन्दै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको हो ।

मधेसका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको एमालेको आरोप छ ।

बैठकमा एमालेका मुख्य सचेतक लखन दासले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिसन लिएर रेड बुकमा योजना समावेश गरिएको आरोप लगाउँदै बैठक चल्न नदिने बताउनुभयो ।

एमाले सांसदले विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक स्थगित गर्नुभएको छ । मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालयको ५० करोड रुपैयाँभन्दा बढी बजेट रकमान्तर गरिएको छ । जसमध्ये सात करोड रुपैयाँभन्दा बढीका योजना मन्त्री यादवले आफ्नै निर्वाचन क्षेत्रमा पठाउनुभएको छ ।

रकमान्तरका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने एमालेले जनाएको छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया