धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आज आइतवार चौथो पटक पनि राष्ट्रियसभा बैठकमा अवराेध गरेकाे छ ।
राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म आफूहरूले संसदमा अवराेध गर्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनःस्थगित हुन पुगेको छ ।
बैठकमा एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसदमा अवराेध गर्ने कामलाई निरन्तरता दिने अडान राख्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्ड संसदमा आएर त्याे विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिरसमेत गर्नुभयो । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्ने गरी अभिव्यक्ति दिने प्रधानमन्त्रीले कसरी आफूले त्याे कुरा बोलेको होइन भनेर भन्नुभएको हो भनेर प्रश्नसमेत गर्नुभयो ।
सांसद न्यौपानेले प्रधानमन्त्रीले यसअघि पनि पटक–पटक राष्ट्रघाती काम गरेको भन्दै अब सह्य नहुने चेतावनीसमेत दिनुभयो ।
एमालेकाे अवराेधपछि राष्ट्रियसभाकाे बैठक अब भाेलि साेमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।