प्रतिनिधिसभा बैठक भाेलि दिउँसाे ३ बजेसम्मका लागि स्थगित

 असार २४, २०८० आइतबार १५:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधिसभा बैठक भाेलि साेमवार दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएकाे छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश भाेलिसम्मलाई बैठक स्थगित भएको जानकारी दिएकाे हाे ।

यसअघि आज (आइतवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन शीर्ष नेताहरूबीच सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डले गएकाे असार १८ गते एक पुस्तक विमाेचन कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवराेध गर्दै आएकाे थियाे । त्यस विषयमा प्रधानमन्त्रीले प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो ।

यसअघि प्रधानमन्त्रीको आग्रहमा सभामुख देवराज घिमिरेले आज आइतवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसाे ३ बजेका लागि सार्नुभएको थियो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया