पोखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सकाे लगातार दाेस्राे जित

 कात्तिक ११, २०७५ आइतबार १८:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा  - पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो जित निकालकेो छ । आइतबार भएको खेलमा बुटवलले पोखरा पल्टनलाई ३३ रनले हरायो ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा एक सय ५० रन बनायो । सुस्त सुरुवात गरेको उसले ५ रन हुँदा पहिलो विकेट गुमायो भने २० रनमा दोस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर चिराग सुरी ५ तथा सागर पुन २ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहन मुस्तफा र भिम सार्कीबीच ७३ रनको साझेदारी भएको थियो ।यसैका कारण बुटवलको पारी सम्हालिएको थियो ।

तर मुस्तफा ४५ रनमा आउट भएपछि बुटवलले ९३ रनमा तेस्रो विकेट गुमायो । सिद्धान्त लोहनी पनि १३ रनमा बोल्डआउट भएपछि बुटवलले एक सय २३ रनमा चार विकेट गुमायो ।

बुटवलका लागि भीम सार्कीले अर्धसतकीय पारी खेले । उनले ४६ बलमा ५४ रन बनाए । जसमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै सोमपाल कामी २२ रनमा रनआउट भए । बलिङतर्फ मोहम्मद नाभिदले दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुवात गरेको पोखरा २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रनमा रोकियो ।उसले ३१ रनमा पहिलो विकेट गुमायो । ओपनर कुशल भुर्तेल नौ रनमा आउट भए ।

त्यसको लगत्तै आशिफ शेखपनि २० रनमा आउट भएपछि उसको दोस्रो विकेट झर्यो । पहिलो खेलमा विराटनगरलाई पराजित गरेको पोखराको मध्यक्रमका खेलाडीबीच राम्रो तालमेल हुन सकेन ।

विनोद भण्डारी व्यक्तिगत ६ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको पोखराले ७८ रन बनाउँदा ७ विकेट खेर फाल्यो । रोहितकुमार पौडेल दुई, महबुब आलम एक र रवी इन्दर सिंह ११ रन तथा कप्तान शरद भेषवाकर १९ रनमा आउट भए ।

बुटवलका कप्तान सोमपाल कामीले एकै ओभर दुई विकेट लिएपछि घरेलु टिम पोखरा पूरै दबाबमा आयो । त्यसपछि अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् र सस्तैमा आउट भयो । बलिङतर्फ सोमपाल कामी, रोहन मुस्तफा र बिपिन खत्रीले दुई विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया