ठ‍गी गर्ने सहकारीलाई सरकारले कारबाही गर्छ : मन्त्री श्रेष्ठ

 असार २८, २०८० बिहीबार १३:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीहरूलाई सरकारले कारबाही गर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभामा आउँदाे आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी कानुनअनुसार कारबाही प्रक्रिया भइरहेकाे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘ठगी गर्ने सहकारीहरूकाे जाँचबुझ गरी कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । मन्त्रालयले अहिलेसम्म ४९ वटा जिल्लामा गरिब घरपरिवार पहिचान गरी छ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण गरिसकेकाे छ भने १५ वटा जिल्लामा गुनासो सुनुवाइकाे कार्यक्रम भइरहेको छ र १३ वटा जिल्लाकाे तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको छ ।’

मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण गरिसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया