१० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

 असार २८, २०८० बिहीबार १५:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आउँदाे आर्थिक वर्षमा थप नाै सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारकाे लक्ष्य रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रियसभा बैठकमा मन्त्री बस्नेतले आउँदाे आर्थिक वर्ष २०८०/८१ मा थप नाै सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभएको हो । उहाँले आउँदाे दश वर्षभित्रमा भने २० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीसँग झन्डै २७ सय मेगावाट बिजुली उत्पादनको क्षमता रहेको छ । आउँदाे वर्ष थप नाै सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेका छौँ भने आउँदाे दश वर्षभित्र निकै महत्त्वकाङ्क्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ । आउँदाे १० वर्षभित्र २० हजार बढी मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेका छौँ । यसका लागि ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छाैँ ।’

मन्त्री बस्नेतले बिजुलीकाे आन्तरिक खपत क्षमता बढाउने पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया