डोलेश्वर मन्दिर दर्शन गर्नेकाे सङ्ख्या बढ्याे, डेढ लाख रुपैयाँसम्म भेटी सङ्कलन

 असार ३०, २०८० शनिबार १६:२२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साउने सोमवारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तीव्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पुर्याइएको हो ।

मेलामा आउने पर्यटक र भक्तजनहरुलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट भएकाे काम अन्तिम चरणमा पुगेकाे संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताउनु भयो । उहाँले  साउन १ गते सोमवारको मेलाका लागि सबै तयारी लगभग सकिएको र भक्तजनहरुले सजिलै डोलेश्वर महादेवको दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको बताउनु भयो ।

डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर मानिने भएकाले पनि पछिल्लो समय भारतीय तीर्थयात्री आउन थालेका उहाँले बताउनु भयो । उहाँका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको सङ्ख्या पछिल्लो समय बढेको बताउनु भयो । उहाँले पर्यटको वृद्धिसँगै सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को आर्थिक आयआर्जनमा समेत उल्लेख्य सहयोग पुगेको बताउनु भयो । 

अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिनायता मासिक डेढ लाख रुपैयाँसम्मको भेटी, दक्षिणा र दान प्राप्त हुने गरेको बताउनु भयो । 
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया