खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
श्रीलङ्कामा देखिएको राजनीतिक संकटका बीचमा भएको प्रदर्शनमा आइतबार एक जनाको ज्यान गएको छ ।
पूर्व क्रिकेट कप्तान तथा सांसद अर्जुन रनातुङ्गाको कार्यालयमा राष्ट्रपति समूहले हातपात गर्न खोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि देखिएको राजनीतिक अन्यौलमा श्रीलंकाका विभिन्न ठाउँमा झडप भैरहेको छ । आर्जुन रनातुङ्गा रनिल विक्रमासिङ्घेको सरकारका पेट्रोल मन्त्री थिए ।
प्रहरीका अनुसार रनातुङ्गा कार्यालय प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले रोकेका थिए । प्रदर्शनकारीले रनातुङ्गाविरुद्ध नाराबाजी गरेका थिए । चर्को नारबाजी र झडप पछि मन्त्रीका गार्डले गोली चलाएका थिए ।
गोली लागी घाइते भएका ३४ वर्षीय युवकलाई कोलोम्बो नेशनल अस्पतालमा भर्ना गरी उपचार गर्दैगर्दा मृत्यु भएको एएफपीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।