काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित हात पारेको छ । खराब नतिजाको शिकार भइरहेको युनाइटेडले आइतबार राति भएको खेलमा एभर्टनमाथि २–१ को जित निकाल्यो ।
घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा पाउल पोग्बा र एन्थोनी मार्सियलले १–१ गोल गरे । खेलको २७औं मिनेटमा पाउल पोग्बाले गोल गरेका थिए । हुन त युनाइटेडले पेनाल्टी पाएको थियो । तर पोग्बाको पेनाल्टीलाई एभर्टनका गोलकिपर जोर्दन पिकफोर्डले रोकेका थिए । तर रिबाउण्ड बललाई पोग्बाले जालीको दिशा देखाए ।
दोस्रो हाफको चौथो मिनेटमा मार्सियलले गोल गरे । उनले पोग्बाको पासमा गोल गर्दै ४९औं मिनेटमा युनाइटेडलाई २–० को अग्रता दिलाए ।
७७औं मिनेटमा एभर्टनले पेनाल्टी पायो । पेनाल्टीलाई गेल्फी सिगुर्डसनले गोल गर्दै युनाइटेडको अग्रता २–१ मा छोट्याए । बाँकी समयमा गोल हुन नसकेपछि युनाइटेडले महत्वपूर्ण तीन अंक जोडेको हो । यो जितसँगै युनाइटेड १७ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।