काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आईसीसी एक दिवसीय विश्वकप ट्रफीको नेपाल भ्रमणको अन्तिम दिन साेमबार काठमाडाैंकाे बसन्तपुरमा सार्वजनिक गरिनेछ ।
विश्व भ्रमणमा रहेको ट्रफी साेमबार दिउँसो एक बजे बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसअघि आइतबार साँझ राष्ट्रपति भवनमा लगिएको थियो । शक्रबार नेपाल ल्याइएको ट्रफी त्यही दिन साँझ स्वयम्भूमा प्रदर्शन गरिएको थियो ।
शनिबार पोखरा प्रिमियर लिग आयोजनास्थल पोखरा रंगशाला र ताल बाराही मन्दिरमा प्रदर्शनी गरियो । त्यसपछि काठमाडौं ल्याइएको ट्रफी आइतबार चन्द्रागिरी र राष्ट्रपति भवनमा लगिएको थियो ।
साेमबार काठमाडौं दरवार क्षेत्रको बसन्तपुरमा लगिनेछ र त्यहीबाट ट्रफी भारत लगिनेछ । तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ । नेपालपछि यो ट्रफी भारत जानेछ ।
भारतबाट न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनीहुँदै बेलायत लगिनेछ । यस क्रममा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।