कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १० वटा एजेण्डामाथि छलफल हुने

 साउन २, २०८० मंगलबार ७:३७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पछि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन ।

गएको मंसिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन । आजको बैठकमा आफ्नो पक्षका मत कसरी राख्ने भनेर संस्थापन र इतर दुवै समूहका नेता तयारीमा छन् ।

इतर समूह नेतृत्वको कार्यशैलीलगायतका विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ  भने संस्थापन पक्षले प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएकोलगायत विषय उठाउँदै छ ।

हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । समसामयिक, साङ्गठनिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दल समीक्षा  र सरकारको समीक्षा गरेर १० वटा एजेण्डा तय भएका छन् ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया