लगातार चौथो दिन पनि शेयर बजार बढ्यो, ३ अर्ब ५४ करोड रुपैयाँको कारोबार

 साउन २, २०८० मंगलबार १५:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चौथो दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९१ अङ्कले बढेर दुई हजार एक सय ५४ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, बीमा, उत्पादन, लघुवित्त र अन्य समूहको शेयर बढेको छ । अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार बढेकाे दिन दुई सय ५५ वटा कम्पनीका ८६ लाख ७६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५६ हजार चार सय पटक भएको कारोबारमा तीन अर्ब ५४ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै स्वालम्बन लघुवित्त कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया