कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायाे २१ बुँदे प्रतिवेदन

 साउन २, २०८० मंगलबार २०:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । मङ्गलवारको पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझाइसकेपछि कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आउँदा दिनमा आउन सक्ने चुनौतीको सामना गर्न कांग्रेसले नसक्ने जिकिर गर्नुभयाे । उहाँले कांग्रेसलाई आन्तरिक रूपबाटै सुदृढ बनाएर विभिन्न आयामहरूमा देखिएका विभिन्न खाले समस्याहरूलाई समाधान गरेर पार्टीका अवयवहरूलाई क्रियाशील र गतिशील बनाउनुपर्ने बताउनुभयाे ।

कांग्रेस रूपान्तरण अभियानले गएकाे जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेकाे थिए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया