जङ्गली च्याउ खाँदा राेल्पामा ६ वर्षकी बालिकाकाे ज्यान गयाे

 साउन २, २०८० मंगलबार २०:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दाङ – जङ्गली च्याउ खाँदा रोल्पामा छ वर्षकी बालिका रोशनी विकको ज्यान गएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङकी रोशनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गएको असार २६ गते जङ्गलबाट ल्याएको विषालु च्याउ खाएर रोशनीसहित अरू पाँच जना बिरामी परेका थिए । बाँकी बिरामीको अहिले उपचार भइरहेको छ ।

यस्तै विषालु च्याउ खाँदा दाङको देउखुरीमा गढवा गाउँपालिका–५ धर्मापुरका ७२ वर्षीय वसन्तु चौधरी र उहाँकी श्रीमती छुकनी चौधरी बिरामी हुनुभएको छ । बिहान जङ्गलबाट ल्याएको च्याउको तरकारी खाएका दम्पती बिरामी भएका गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया