निर्माणाधीन कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षदेखि अलपत्र

 माघ ३, २०८१ बिहीबार १२:५८:१८ | रासस
unn.prixa.net

झापा – हुलाकी राजमार्गको पूर्वी खण्ड झापाको झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्न कन्काई पुलको निर्माण गएको १३ वर्षदेखि अलपत्र परेको छ ।

विं.सं. २०६८ मा निर्माण सम्झौता भएको पुल अहिलेसम्म पनि नबन्दा स्थानीयवासीले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा र कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । विं.सं. २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि अहिलेसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।

पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका इन्जिनियर प्रभात किरण राईले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचाैं पटक थप भएको म्याद विं.सं. २०८० को असारमा सकिएको थियो ।

पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनीले काम शुरुआत नगरेको इन्जिनियर राईले बताउनुभयो ।

उहाँका अनुसार अझै पनि काम शुरू गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया