प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – खो–खो विश्वकपको पुरुषतर्फ नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ ।
समूह चरणको अन्तिम खेलमा आज भुटानलाई ९८–८ ले हराउँदै नेपालले तेस्रो जीत हासिल गरेको हो । यसअघि नेपालले ब्राजिल र पेरुलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।
यस्तै खो–खो विश्वकपको महिलातर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज पौने ५ बजे बङ्गलादेशसँग खेल्दैछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ । महिला टोलीले पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी र तेस्रो खेलमा हिजो श्रीलङ्कालाई हराएको थियो ।
समूह चरणको खेलपछि शीर्ष दुईटोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनल खेल भोलि हुनेछन् । यस्तै फाइनल खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।